१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


दोलखामा भ्यान र मोटरसाइकल आपसमा ठोक्किँदा श्रीमानको मृत्यु, श्रीमती घाइते


442
Shares

काठमाडौं । दोलखाको भिमेश्वर नगरपालिका–४ अनाथालय स्थित सडकमा आइतबार बिहान भ्यान र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने पछाडी सवार महिला घाइते भएकी छिन् ।

चरिकोटबाट तामाकोशी तर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ५९१९ नम्बरको योद्धा पिक अप भ्यान र विपरीत दिशाबाट आउँदै गरेको बा ७५ प ४५२१ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालक दोलखाको भिमेश्वर–५ जिलुका अन्दाजी ३३ वर्षीय उमेश श्रेष्ठको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा चरिकोट अस्पतालमा मृत्यु भएको हो ।

यस्तै, घाइते भएकी मोटरसाइकलमा पछाडी सवार उमेशकी ३२ वर्षीया श्रीमती सजिताको सोही अस्पतालमा उपचार भइरहेको छ ।

भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।