७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


मे महिनादेखि ओप्पोह्याक २०२२ सञ्चालन, विश्वका टेक प्रतिभाहरुलाई आमन्त्रण


91
Shares

काठमाडौं । अग्रणी प्राविधिक ब्राण्ड “ओप्पो” र ह्याकाथन विशेषज्ञ “ह्याकहब”को सहकार्यमा ओप्पोह्याक २०२२ को आयोजना हुने भएको छ ।

अन्तर्राष्ट्रिय ह्याकाथन ओप्पोह्याक २०२२ ले प्रविधि प्रेमी तथा नवप्रबर्तकहरुको समाजलाई एकत्रित गर्दै उदयीमान प्रविधि (सुदृढ दृश्यांकन,भिजुअलाइजेशन), सुदृढ कम्प्युटरिङ्ग र निर्वाध क्रस–डिभाईस कनेक्शनका माध्यमबाट विश्वका वास्तविक समस्याको निवारण खोज्ने लक्ष्य बोकेको जनाएको छ । ओप्पोह्याक २०२२ मार्फत कलरओएस सम्बन्धि थप नयाँ जनाकारीहरु पनि उपलब्ध गराइनेछ ।
प्रयोगकर्ता केन्द्रित सर्वब्यापी सेवा अनुभवलाई विशेष जोड दिने विश्व निर्माण गर्ने ओप्पोको भिजनका साथमा ओपोह्याकले मानिस र प्रविधि वीच सहज अन्तरसम्बन्ध स्थापित गर्ने लक्ष्य बोकेको जनाएको छ । विभिन्न क्षेत्र तथा विशेषज्ञता बोकेका सहभागीहरु निर्वाध क्रस–डिभाईस कनेक्शनका साथै प्रयोगकर्ता केन्द्रित बौद्धिक सेवाका लागि वैश्विक प्रतिभाहरुका माध्यमबाट नवप्रबर्तनात्मक समाधानको खोजीमा जोड दिइनेछ ।

ओप्पोको ब्राण्ड प्रस्ताव “ईन्पिरेशन अहेड” संग जोडिएको ओप्पोह्याक २०२२ ले प्राविधिक नवप्रबर्तकहरुलाई अनिश्चितताको समयमा पनि प्रविधिको प्रयोग मार्फत मानव जातीले सामना गर्ने सबैभन्दा चुनौतिपूर्ण समस्याको समाधानका लागि उत्प्रेरित गर्नेछ । ओप्पोह्याक २०२२ मार्फत प्रविधि पे्रमीहरुलाई आफ्नो प्रतिभाको परिक्षण गर्ने अवसर प्रदान गर्नुका साथै ओप्पोले ओप्पो रिसर्च ईन्स्टिच्युट ईनोभेसन एक्सलेरेटर पनि सार्वजनिक गरेको छ । प्रविधि र कार्य टोलीको शक्तिमा विश्वास गर्ने ओप्पोह्याक, १२ विश्वविद्यालयहरु, २० इन्क्युबेटरहरु र विश्वभरका ५सय भन्दा बढी व्यक्तिहरुसँग जोडिएर भोलीको अन्तर सम्बन्धित समस्याहरु समाधान गर्नका लागि सहकार्य र प्र्रतिस्पर्धा गर्ने हकाथन हो ।

फाइनल राउन्डमा प्रवेश गर्ने टोलीहरुले पहिलो विकासका स्रोतहरु र उपकरणहरु प्राप्त गर्नेछन् । विशेष गरेर यो समान विचारधारा भएका धेरै व्यक्तिहरु, प्राविधिक विशेषज्ञहरु र अग्रणी कम्पनीहरुका अग्रजहरुसँग अन्तरक्रिया गर्ने अवसर भएको आयोजकको भनाई छ । उत्कृष्टले यसमा ४० हजार डलर बराबरको नगद पुरस्कार पाउनेछन् । यसका लागि गत मे २३ देख आवेदन खुलिसेको छ ।