
काठमाडौं । बाँकेको कोहलपुर नगरपालिका चप्परगौडीमा दुई ओटा मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु भएको छ।
साेही दुर्घटना दुई जना घाइते भएका हुन्। चप्परगौडीबाट कोहलपुरतर्फ जाँदै गरेको र विपरीत दिशाबाट आँउदै गरेकोे मोटरसाइकल एक-आपसमा ठोक्किंएका थिए। दुर्घटनामा गम्भिर घाइते कोहलपुर नगरपालिका बाँकेका २९ वर्षीय खड्क गुरुङको उपचारका क्रममा कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको कोहलपुर प्रहरीले जनाएको छ ।
सोही मोटरसाइकल पछाडि सवार कोहलपुरका राम बहादुर घले र अर्का मोटरसाइकल चालक सुर्खेतको लेकबेसी नगरपालपालिकाका ३८ वर्षीय दल बहादुर सारु घाइते छन्।
उनीहरूको उपचार नेपालगञ्ज मेडिकल कलेजमा भइरहेको कोहलपुर प्रहरीले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्