१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


बलात्कार मुद्दामा हदम्याद नराखिए मुद्दाको चाङ लाग्छ: सांसद चौधरी


676
Shares

काठमाडौं । नेकपा एमालेकी सांसद गंगा चौधरी सत्गौवाले बलात्कार मुद्दामा हदम्याद राखिएन भने मुद्दाको चाङ लाग्ने बताउनुभएकाे छ ।

उहाँले आज (सोमबार) प्रतिनिधिसभाको बैठकमा समय लिएर बाेल्दै यस्ताे बताउनुभएकाे हाे । बलात्कार मुद्दामा हदम्याद राख्ने कि नराख्ने भन्ने विषयमा प्रतिनिधिसभामा बहस भइरहेको छ । उहाँले बलात्कारका सबै घटनाका लागि हदम्याद राख्न नहुने धारण समेत राख्नुभएको छ । मन मिलेसम्म प्रेमको संज्ञा दिने मन नमिलेपछि बलात्कारको संज्ञा दिने भन्दै प्रश्न समेत गर्नुभएकाे छ ।

जबसम्म स्वार्थ मिलेसम्म त्यस विषयमा कसैलाई पत्तो नदिने र जब स्वार्थ नमिलेपछि भने बलात्कारको संज्ञा दिएर जेल कोचिदिने घटना सम्मानित सदनमा बसेका पूर्वसभामुखको पनि हेरेकाे उहाँकाे तर्क छ । सांसद भावनामा बगेर कानून निर्माण गर्ने काम नभएकाे उहाँले बताउनुभयाे। एउटा व्यक्ति र वर्गका लागि कानून निर्माण गर्ने काम नभएका उहाँले बताउनुभएकाे छ । समग्र अवस्थालाई हेरेर कानून निर्माण गर्नुपर्ने उहाँकाे जाेड छ ।

कानून जति कठोर बनाएपनि कार्यान्वयन हुने ठाउँ फितलो भएपछि समस्या उत्पन्न हुने उहाँले बताउनुभयो ।