१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बाँदरमुढे घटनाका पीडितलाई न्याय दिन सरोकारवालाहरुको माग


143
Shares

काठमाडौं । सरोकारवालाहरुले चितवनको बाँदरमुढे घटनाका पीडित अझै पनि न्यायबाट वञ्चित रहेका भन्दै उनीहरुलाई न्याय दिन माग गरेका छन् ।

जवाफ देहिता निगरानी समिति र एडभोकेसी फोरम नेपालले पीडितलाई झुठो आश्वाशन नदिन र घटनामा दोषी देखिएकालाई कारवाही गर्न माग गरेको हो । २०६२ जेठ २३ गते चितवनको बाँदरमुढेमा तत्कालीन माओवादीका कार्यकर्ताले गुडिरहेको यात्रुबाहक बसमा बिस्फोट गराउँदा ३५ जना सर्वसाधारण र ३ जना सुरक्षाकर्मीको घटना स्थलमै मृत्यु भएको थियो । घटनामा ७० जना भन्दा बढी घाईते भएका थिए । ती दुबै संस्थाले सोमबार विज्ञप्ति जारी गर्दे घटना भएको १७ वर्ष पुग्दा पनि घटनाका पीडितहरुले न्याय नपाएका र उनीहरु न्याय पर्खिरहेका भन्दै दण्डहीनताका कारण पीडितले असहाय महसुस गरेका जनाएका छन् । विगतमा धेरै सरकारहरु परिवर्तन भएपनि पीडितका मागहरुलाई सम्बोधन गर्न पहल नगरेका विज्ञप्तिमा उल्लेख छ । पीडितहरु शारीरिक तथा मनोवैज्ञानिक आघातकासाथ जीउन बाध्य भएका र आर्थिक संकटको चपेटामा समेत परेका बिज्ञप्तिमा जनाईएको छ ।

समितिका अध्यक्ष चरण प्रसाईं र फोरमका कार्यकारी निर्देशक ओमप्रकाश सेन ठकुरीले सरकार र माओवादी नेतृत्वले गरेका प्रतिज्ञा अमिलेसम्म पूरा नभएका विज्ञप्तिमा उल्लेख गरेका छन् ।