
बर्दिया । बर्दियाको मधुवन नगरपालिकामा वन्यजन्तु पीडित प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा एक जना युवतीकाे मृत्यु भएकाे छ।
साेही झडप परी ११ जना घाइते भएका हुन् । मृत्यु हुनेमा मधुवन नगरपालिका-२ कि नविना चाैधरी रहेकी छन्। झपडका क्रममा प्रहरी नायव उपरीक्षक (डीएसपी) सहित सात प्रहरी, दुई सशस्त्र र दुई सर्वसाधारणगरि जम्मा ११ जना घाइते भएका छन्।
घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। झपडका क्रममा प्रहरीले दर्जनाैं सेल अश्रुग्याससहित लाठी चार्ज र रबरकाे गाेली प्रहार गरेको छ। मधुवनको ओरालीमा भएको प्रदर्शन रोकिए पनि हुलाकी राजमार्ग अन्तर्गत बेलुवा राजापुर खन्ड बन्द छ।
प्रदर्शनकारीले प्रहरीका २ वटा मोटरसाइकल र प्रहरी बीटमा आगजनी समेत गरेका छ्न। सोमबार दिउँसो बाघको आक्रमणमा परि मधुवन नगरपालिका-२ कि ४१ वर्षीया अस्मिता थारु घाइते भएपछि आक्रोशित स्थानीयवासीले प्रदर्शन गरेका हुन्। घर नजिकैको जङ्गलमा घाँस काट्न जाँदा थारुलाई बाघले आक्रमण गरी घाइते बनाएकाे थियाे। थारुको अहिले जिल्ला अस्पताल गुलरियामा उपचार भइरहेको छ। वन क्षेत्रमा तारबार गरी वन्यजन्तुबाट हुने आक्रमणको दिगो समाधानको माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन्।
थारुको अहिले जिल्ला अस्पताल गुलरियामा उपचार भइरहेको छ । यसैबीच, गृह मन्त्रालयले प्रहरीको गोलीबाट नविना थारुको मृत्यु भएको घटनाकाे विषयमा छानबिन गर्न ५ सदस्यीय समिति गठन गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट गृहमन्त्री बालकृष्ण खाँणले गृह मन्त्रालयका सहसचिव हरि घिमिरेको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो ।
समितिमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक बेदकुमार ढकाल, नेपाल प्रहरीका उपरीक्षक कृष्ण कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक विकास पाण्डे र गृह मन्त्रालयका उपसचिव ध्रुव खड्का सदस्य छन् ।
प्रतिक्रिया दिनुहोस्