१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


बुधबारदेखि प्रतिनिधिसभामा शून्य समयलाई निरन्तरता दिने


104
Shares

काठमाडौं । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति बैठकले बुधबारदेखि प्रतिनिधिसभामा शून्य समयलाई पनि निरन्तरता दिने निर्णय गरेको छ ।

मंगलबार बसेको बैठकले शून्य समय सञ्चालन गर्ने र बजेट पारित भएपछि विशेष समय पनि सञ्चालन गर्ने निर्णय गरेको हो ।

त्यसैगरी ठूला मन्त्रालयहरूको विनियोजन विधेयकमाथि छलफल गर्नका लागि पर्याप्त समय छुट्याउने निर्णय गरेको संघीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले बताउनुभयो ।

राष्ट्रिय सभामा भने शून्य समय निर्धारण गरेर बैठक सञ्चालन भइरहेको छ ।