
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकप (एमाले) ले काठमाडौंको फोहोर व्यवस्थापनबारे भइरहेका कामको जानकारी सहरी विकासमन्त्री रामकुमारी झाँक्रीबाट जवाफ मागेको छ ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले काठमाडौं दुर्गन्धित भइरहेको भन्दै फोहोर उठाउने र व्यवस्थापन गर्नेबारे के काम भइरहेको हो भन्दै प्रश्न गर्नु भएको थियो ।
तत्काल फोहोर नउठे काठमाडौंवासी चुप लागेर नबस्ने चेतावनी दिंदै उहाँले भन्नुभयो, ‘तालुकदार मन्त्रालयबाट यस सम्बन्धमा सत्यतथ्य जानकारी आओस् । यस सम्बन्धमा सभामुखबाट रुलिङ चाहन्छु ।’
उहाँले प्रत्येक ५०-५० मिटरमा फोहोरको डंगुर र थुप्रो भइरहेको भन्दै जवाफ माग्नु भएको हो ।
काठमाडौंमा थुप्रिएको फोहोरले दुर्गन्ध बढेको र महामारीको जोखिम बढेको भन्दै श्रेष्ठले यो अन्तर्राष्ट्रिय लज्जाको विषय बनिसकेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्