१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सरकारमा जाने विषयमा प्रधानमन्त्रीसँग कुरा भएको छैन : लक्ष्मणलाल कर्ण


104
Shares

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्णले पार्टी सरकारमा जाने विषयमा प्रधानमन्त्रीसँग कुरा नभएको बताउनुभएको छ ।

बुधबार प्रतिनिधिसभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै सांसद कर्णले लोकतान्त्रिक समाजवादी पार्टीले सरकारमा जाने सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवासँग कुरा नगरेको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले पनि आफूहरूलाई मन्त्री हुन आउ भनेर नबोलाएको उहाँले स्पष्ट पार्नुभयो ।

सांसद कर्णले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बाटो–बाटोबाट लोकतान्त्रिक समाजवादी पार्टीलाई एकिरणका लागि आह्वान गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।

अध्यक्ष यादवले विगतमा आफूहरूलाई पार्टी बाट निकालेको र पार्टी फोड्नका लागि निर्वाचन आयोगमा निवेदन दिएको भन्दै उहाँले अहिले संकटमा परेकाले सहयोग खोजेको बताउनुभयो ।

अध्यक्ष यादवको संकट निवारण भएपछि लखेट्ने प्रवृत्ति रहेको उहाँको आरोप छ ।

सांसद कर्णले औपचारिक रूपमा एकीकरणको प्रस्ताव नआएको उल्लेख गर्दै के को लागि र किन एकीकरण गर्नुपर्ने भन्दै प्रश्न गर्नुभयो ।