१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सेफ्टी ट्यांकी सफा गर्ने क्रममा दुईको मृत्यु


156
Shares

काठमाडौं । चितवनको भरतपुरमा सेफ्टी ट्यांकी सफा गर्ने क्रममा दुई जनाको मृत्यु भएको छ ।

बुधबार साँझ भरतपुर महानगरपालिका–१९ तमुटोल निवासी राम प्यारी गुरुङको घरमा रहेको सेफ्टी ट्यांकी सफा गर्ने क्रममा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कपिलवस्तु शिवराज नगरपालिका– ९ बस्ने २४ वर्षीय छतिराम थारु सफाइ गर्ने क्रममा अचानक चिप्लिएर ट्यांकीमा खसेपछि सँगै काम गरिरहेका उनका भिनाजु नाता पर्ने सोही स्थानका २३ वर्षीय राम चौधरी छतिरामलाई निकाल्न भित्र पसेकोमा दुवै जना निस्किन सकेनन् ।

उनीहरू ट्यांकीमा खसेको जानकारी पाउनसाथ प्रहरी, सेना, सशस्त्र प्रहरीको टोलीले दुवै जनाको शव बाहिर निकालिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

दुवै शव पोष्टमार्टमका लागि भरतपुर सरकारी अस्पताल पठाइएको छ ।