
काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्यामा दिन प्रतिदिन वृद्धि हुँदै गईरहेको छ ।
भारतको स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार संक्रमण दर दैनिक ४० प्रतिशतले बृद्धि हुँदै गइरहेको छ ।
महाराष्ट्रमा सबैभन्दा बढी संक्रमित भेटिएका छन् भने नयाँ दिल्लीमा पनि संक्रमितको संख्या बढ्दै गएको छ ।
संक्रमण नियन्त्रणमा लापरवाही गरिएका कारण संक्रमण दर बढेको भन्दै भारत सरकारले सबैलाई सचेत रहन अपिल गरेको छ ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार भारतमा जुन महिनामा मात्रै सरदर दैनिक ४ हजारको दरले संक्रमित थपिने गरेका छन् ।
यसैबीच, हिमाञ्चलदेखि केरलासम्मका सबै जिल्लालाई रेड जोन घोषित गर्दै ती जिल्लाहरूमा कडाई गर्न थालिएको छ । अरुणाचलमा पनि दैनिक २१ प्रतिशतले कोरोना संक्रमितको संख्या बढ्दै गएको तथ्यांकले देखाएको छ ।
भारतमा कोरोना संक्रमणका कारण हालसम्म ५ लाख २४ हजार ७ सय २३ जनाको मृत्यु भइसकेको छ ।
भारतमा कोरोना संक्रमितको संख्यामा बृद्धि भएसँगै त्यसको असर नेपालमा पनि पर्न सक्ने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्