
काठमाडौं । सरकारले फेरि इन्धनको मूल्य बढाएको छ ।
बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर ८ रुपैयाँ तथा डिजेल र मट्टितेलमा १२–१२ रुपैयाँ बढाइएको नेपाल आयल निगमले जनाएको छ ।
यसअघि जेठ १९ गते पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ घटाएको थियो ।
नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १ सय ७८ र डिजेल रमट्टितेलको १ सय ६५ रुपैयाँ पर्नेछ । खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य यथावत रहेको आयल निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्