१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


प्रतिनिधि सभा बैठकमा दुई विधेयक स्वीकृत


143
Shares

काठमाडौं । प्रतिनिधि सभाको शुक्रबारको बैठकले दुई विधेयक स्वीकृत गरेको छ ।

बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द्रप्रसाद शर्माले प्रस्तुत गरेको ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक–२०७९’ र ‘फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक–२०७९’ सर्वसम्मतले स्वीकृत गरेको हो ।

बैठकले दुई विधेयकलाई सर्वसम्मतले स्वीकृत गर्दै दफाबार छलफलका लागि विधेयक संसदीय समितिमा पठाइएको छ । दफावार छलफलका लागि समितिमा पठाइएसँगै सांसदहरुले संशोधन प्रस्ताव राख्न सक्नेछन् ।

ती संशोधन प्रस्तावहरुमाथि समेत संसदीय समितिमा नै छलफल हुनेछ । संसदीय समितिले दफावार छलफल सकाएर विधेयक प्रतिवेदन फेरि संसदमा पठाउने छ । उक्त प्रतिवेदनसहितको विधेयक प्रतिनिधि सभाले पास गरेपछि राष्ट्रिय सभामा जान्छ ।

दुबै सदनले गरेको संशोधन दुबै सदनले स्वीकार गरेपछि सभामुख हुँदै राष्ट्रपतिकहाँ पुग्छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि दुबै विधेयक ऐनका रुपमा कार्यान्वयनमा आउनेछ ।