२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


यौनहिंसासहितको विधेयक छलफलमा लागि संसदीय समिति पठाइयो


78
Shares

काठमाडौं । प्रतिनिधिसभाले ‘यौन हिंसाविरुद्धको केही ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७९’ र ‘फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धि केही ऐन संशोधन गर्ने विधेयक २०७९’ दफावार छलफलका लागि संसदीय समितिमा पठाएको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले दुवै विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन सरकारले गरेको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नुभएको हो । त्यसलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले दफावार छलफलका लागि दुवै विधेयक सम्बन्धित समितिमा पठाउन प्रस्ताव पेश गर्नुभएको थियो ।

संसदीय समितिमा दफावार छलफल भएपछि सो संशोधन विधेयक पुनः प्रतिनिधिसभामा पठाउनेछ । समितिको प्रतिवेदनसहितको सो विधेयक प्रतिनिधिसभाले पास गरेर राष्ट्रिय सभामा पठाउने छ ।

संघीय संसदको दुवै सदनले पारित गरेपछि राष्ट्रपतिले प्रमाणित गरेर कार्यान्वयनमा ल्याउने संवैधानिक व्यवस्था छ ।