
काठमाडौं । पहाडी जिल्ला लमजुङमा धान रोपाइँ सुरु भएको छ । जिल्लामा मकै बाली भित्र्याएपछि पर्याप्त पानी परेसँगै रोपाइँ सुरु गरिएको हो ।
जिल्लाका पहाडी क्षेत्रका किसानहरुले समूह बनाए धान रोप्न सुरु गरेका छन् । केही स्थानहरुमा भने रोपाइँका लागि तयारी भइरहेको छ ।
लमजुङको ४५ हजार ५० हेक्टर खेतीयोग्य जमिनमध्ये १५ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा धानखेती हुँदै आएको छ ।
यहाँका किसानले सावित्री, जेठोबुढो, रामधान, सुनौलो सुगन्ध, लोकतन्त्र, एक्लेजस्ता उन्नत तथा हाइब्रिड जातको धान लगाउँदै आएका छन् ।
त्यस्तै कम पानी हुने ठाउँमा सुक्खा–१, सुक्खा–२ र सुक्खा–३ जातका धान लगाउने गरेका छन् ।
गत वर्ष १४ हजार २ सय ६० हेक्टर क्षेत्रफलमा लगाइएको धान खेतीबाट ४४ हजार ७ सय ७६ मेट्रिक टन धान उत्पादन भएको थियो ।
प्रतिक्रिया दिनुहोस्