
विदुर । नुवाकोटको ककनी गाउँपालिकामा एक पुरूष विद्युत्को हाइटेन्सन पोलको तारमा चढेका छन् ।
शनिबार करिब १० बजेदेखि बेलकोटगढी नगरपालिका–१३ घलेगाउँ बस्ने ४४ वर्षीय माइला विक विद्युत्को हाइटेन्सन पोलमा चढेपछि स्थानीय र प्रहरीले उनलाई तल झर्न आग्रह गरिरहेका छन् ।
विद्युत्को तारमा हिँडिरहेका उनको मानसिक सन्तुलन ठिक नभएको र प्रहरीले त झर्नका लागि फकाइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्