
काठमाडौं । पूर्वन्यायाधीश फोरम नेपालले देशभरका सबै तहका अदालतमा कार्यरत न्यायाधीशमाथि छानबिन गर्न माग गरेको छ ।
न्यायपालिका सुधारका लागि प्रस्ताव पेश गर्दै फोरमले सबै न्यायाधीशमाथि छानबिन गरेर योग्यलाई मात्र पूनर्नियुक्ति दिनुपर्ने माग गरेको हो ।
राष्ट्रपतिबाट पाँच सदस्यीय छानबिन आयोग बनाई सोको सिफारिसका आधारमा न्यायाधीशको नियुक्ति गर्नुपर्ने माग फोरमको छ ।
यसअघि, नेपालको संविधान जारी हुने बेलामा पनि न्यायाधीशको पूनर्नियुक्ति गरिनुपर्ने माग संविधानसभामा उठेको थियो ।
प्रतिक्रिया दिनुहोस्