
काठमाडौं । पृथ्वी राजमार्गको आँबुखैरेनी–मुग्लिन सडकखण्ड दुईतर्फी रुपमा सञ्चालनमा आएको छ ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–४, साँखरमा शुक्रबार सडक भाँसिएपछि यातायात अवरुद्ध भएको थियो । तत्कालै भित्ता खारेर एकतर्फी बाटो खुलाइएको थियो । तीन दिनदेखि बाटो दुईतर्फी सञ्चालन गर्ने काम भइरहे पनि समय–समयमा रोकिएका सवारीसाधन पास गराउनुपर्ने बाध्यता भएकाले निर्माणमा पनि ढिलाइ भएको हाे ।
वर्षा सुरु भएसँगै सडकखण्डमा जुनसुकै समयमा पनि पहिरो खस्न सक्ने भन्दै डोजर तयारी अवस्थामा राखेको सडक डिभिजन कार्यालय दमौलीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्