
काडमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभा बैठकको नियमित कार्यसूची रोकेर रासायनिक मल अभावको विषयमा छलफल गर्न माग गरेको छ ।
एमालेका प्रमुख सचेतक विशाल भट्टराईसहित १५ जना सांसदले कार्यसूचीमा रहेको बजेटमाथि छलफलका क्रममा उठेका जिज्ञासाको मन्त्रीहरुले जवाफ दिने कार्यक्रम रोकेर सार्वजनिक महत्वको प्रस्तावमा छलफल गराउन माग गरेका हुन् । एमाले सांसदहरुले रोपाई शुरु भईसक्दा समेत किसानहरू मलका लागि भौतारिदैँ हिँडिरहेको उल्लेख गरेका छन् । उनीहरुले छिमेकी देशका सरकारसँगको प्रत्यक्ष सहमतिमार्फत भएपनि मल ल्याउने व्यवस्था गर्न माग गरेका छन् ।
प्रतिनिधि सभामा सोमबार कानून, युवा तथा खेलकुद, श्रम तथा रोजगार, वन तथा वातावरण, शहरी विकास, भूमी व्यवस्था, महिला तथा बालबालिका र कृषि मन्त्रीले बजेट माथि उठेका जिज्ञसा र प्रश्नहरुको जवाफ दिने कार्यक्रम रहेको छ ।
यसैबिच रासायनिक मलको अभाव भएका बारेमा नेकपा एमालेका सांसदहरुले पेश गरेको प्रस्ताव माथि छलफल गर्न सभामुख अग्निप्रसाद सापकोटाले २ घण्टाको समय छुट्याउनुभएकोछ ।
आगामी आर्थिक वर्षको बजेट माथि विषयगत छलफल गर्ने नियमित कार्यसूचि स्थगगित गरेर २ घण्टा मलको आपूर्तिका विषयमा संसदमा छलफल हुन लागेको हो
प्रतिक्रिया दिनुहोस्