१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कृष्णाको आँसु देखेर पग्लिए गोविन्दा, ६ वर्षको बिछोडपछि भान्जालाई दिए माफी


11.245k
Shares

एजेन्सी । बलिउडका चर्चित अभिनेता गोविन्दा र उनको भान्जा कृष्णा अभिषेकबीचको सम्बन्ध सुध्रिएको छ । दुईबीच वर्षौदेखि चलिरहेको विवाद अन्ततः गोविन्दले आफ्नो भान्जा कृष्णालाई माफी दिए पछि सम्बन्ध सुध्रिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

रिसाएका मामा गोविन्दालाई मनाउन कृष्णाले धेरै पटक सार्वजनिक रुपमा माफी मागेका पनि थिए । यी दुई मामा–भान्जालाई मिलाउने काम प्रख्यात होस्ट मनीष पलले गरेका हुन् । उनको कारणले यो सम्बन्ध सुध्रिएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

मनीष पलको पोडकास्ट शो मा गएका कृष्णाले रुँदै आफ्ना मामा गोविन्दासँग माफी मागेका थिए । उनले आफ्नो भान्जाको माफी खुलेर स्वीकार गरेका छन् । सन् २०१६ देखि गोविन्दा र कृष्णाको सम्बन्ध बिग्रिएको थियो ।

दुवै परिवारबीचको विवाद भने कृष्णा र गोविन्दाको कारणले भएको होइन । कृष्णाकी पत्नी कश्मीरा शाहले एक ट्वीट गर्दै गोविन्दाको अपमान गरेको आरोप गोविन्दाकी पत्नी सुनिताले लगाएपछि दुवै परिवारको सम्बन्ध ब्रिग्रिएको थियो । सो ट्वीटमा कश्मीराले ‘मानिसहरु पैसाको लागि नाच्छन्’ भन्ने कमेन्ट गरेकी थिइन् । त्यसपछि दुवै परिवारको बाटो अलगिएको थियो ।