१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बर्दिया राष्ट्रिय निकुञ्ज वरपर रहेका बस्तीहरुलाई स्थानान्तरण गर्नुपर्छः सञ्जय कुमार गौतम


26
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद सञ्जय कुमार गौतमले बर्दिया राष्ट्रिय निकुञ्ज वरपर रहेका बस्तीहरुलाई स्थानान्तरण गर्नुपर्ने बताउनुभएको छ ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा समय माग गरी बोल्दै सांसद गौतमले बर्दिया जिल्लामा राष्ट्रिय निकुञ्जमा रहेका वन्यजन्तुबाट मानव बस्ती असुरक्षित बनेको बताउनुभयो ।

उहाँले वन्यजन्तुको आक्रमणबाट वर्षेनी मानिसहरुको मृत्यु हुने गरेको भन्दै निकुञ्ज वरपर रहेका बस्तीहरुलाई स्थानान्तरण गरिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले मानिस र वन्यजन्तुबीच द्वन्द्व बढिरहको भएपनि सरकार गम्भिर नभएको आरोप लगाउनुभयो । सांसद गौतमले वन्यजन्तुमैत्री पूर्वाधार निर्माण गर्नुपर्ने पनि बताउनुभयो ।