१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जिल्ला समन्वय समिति नवलपरासी प्रमुखमा एमाले विजयी


481
Shares

परासी । जिल्ला समन्वय समिति नवलपरासीको प्रमुखमा एमाले र उपप्रमुखमा माओवादी केन्द्रका उमेद्वार विजयी भएका छन् ।

सोमबार भएको निर्वाचनमा प्रमुखमा एमालेका रुद्धल यादव र उपप्रमुखमा माओवादी केन्द्रका राम दयाल चौधरी विजयी भएका हुन् ।

सात पालिकाका १४ जना मतदाता रहेको निर्वाचनमा कसैको पनि बहुमत नपुगेपछि नेपाली कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेका थिए भने एमालेले राप्रपासँग गठबन्धन गरेको थियो ।