७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


सुनको मूल्य घट्ने क्रम जारी


8.333k
Shares

काठमाडौं । बजारमा सुनको मूल्य घट्ने क्रम जारी रहेको छ । साताको चौथो दिन बुधबार पनि बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य चाहिँ स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९७ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ६ सय रुपैयाँले घटेर ९६ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोलामा १ हजार २ सय ४५ रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।