१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


अमेरिकासँग एसपीपी सम्झौता नभएको र गर्ने प्रक्रियामा पनि नरहेको नेपाली सेनाको भनाई

'असंलग्न परराष्ट्र नीति बाहिर गएर सैन्य सम्झौता नगर्ने स्पष्ट'

312
Shares

काठमाडौं । नेपाली सेनाले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) बारे कुनै सम्झौता वा समझदारी नभएको स्पष्ट पारेको छ ।

अमेरिकाले सैन्य सम्झौताका लागि प्रस्ताव गरेको खबर सार्वजनिक भएपछि नेपाली सेनाले स्पष्टीकरण दिएको हो ।

सेनाले त्यसखालको सम्झौता भविष्यमा पनि गर्ने कुनै प्रक्रिया नभएको दाबी पनि बताएको छ । सेनाले बुधबार राति एक विज्ञप्ति जारी गर्दै विगत लामो समयदेखि नेपाली सेना र अमेरिकी सेनाबीच रहँदै आएको सहयोग र सहकार्य सन्दर्भमा विभिन्न सञ्चार माध्यमहरुमा आएका समाचारहरुमा सेनाको ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

‘एसपिपी सम्बन्धी कुनै सम्झौता वा समझदारी अमेरिकी सेना वा सरकारसँग नगरेको र त्यस्तो सम्झौता गर्नेतर्फ कुनै प्रक्रिया समेत नभएको’ सेनाको विज्ञप्तिमा उल्लेख छ । साथै नेपाली सेनाले नेपालले अवलम्बन गरेको असंलग्न परराष्ट्र नीति, नेपालको विशिष्ट भू–राजनीतिक अवस्थिति एवं सामरिक संवेदनशीलतामा प्रतिकुल असर गर्ने गरी कुनै पनि सैनिक साझेदारी भविष्यमा कसैसँग पनि गर्न नहुनेमा सदैव प्रष्ट र सचेत रहेको पनि प्रष्ट पारेको छ ।