१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राप्रपाको महिला संगठन अध्यक्षमा रावल


2.34k
Shares

काठमाडौं । राप्रपाको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको अध्यक्ष पदमा अञ्जना शाह रावललाई मनोनयन गरिएको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले रावललाई अध्यक्ष पदमा मनोनयन गरिएको पत्र आज हस्तान्तरण गर्नुभएको हो । लामो समय पत्रकारिता गरेकी रावलले पछिल्लो एक दशकदेखि राप्रपामा आबद्ध रहि विभिन्न जिम्मेवारी सम्हाल्दै आउनु भएको थियो । रावललाई तीन महिनाभित्र संगठनको महाधिवेशन गर्ने म्याण्डेट दिइएको छ । यसअघि अध्यक्ष रहेकी कुन्ती शाही पार्टीको महामन्त्री निर्वाचित भएपछि संगठनमा अध्यक्ष पदबाट राजिनामा गर्नुभएको थियो । संगठनमा आबद्ध महिलाहरुको पटकपटक भएको भेलाबाट नेतृत्वमा सहमति नभएपछि उनीहरुले अध्यक्ष टुंगो लगाइदिन पार्टीलाई अनुरोध समेत गरेका थिए ।

पार्टीको भातृ संगठन हेर्ने संयोजित संगठन विभागका प्रमुख राजेन्द्र गुरुङको सिफारिसमा पार्टीको विधान बमोजिम अध्यक्ष लिङ्देनले रावललाई संगठनको अध्यक्ष पदमा मनोनयन गर्नु भएको प्रवक्ता मोहन श्रेष्ठले ईमेज खबरलाई जानकारी दिनुभयो ।