१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


अन्तर्राष्ट्रिय स्तरका सन्धि, सम्झौताहरु गर्न देशका प्रमुख दलहरुका बीचमा साझा धारणा बनाउनुपर्छ : सांसद उर्मिला अर्याल


91
Shares

काठमाडौं । नेकपा(माओवादी केन्द्र)की सांसद उर्मिला अर्यालले अन्तर्राष्ट्रिय स्तरका सन्धि, सम्झौताहरु गर्दा देशका प्रमुख राजनीतिक दलहरुका बीचमा साझा धारणा बनाउनुपर्ने बताउनुभएको छ ।

शुक्रबार राष्ट्रिय सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद अर्यालले अन्तर्राष्ट्रिय स्तरका सन्धि, सम्झौताहरु गर्दा देशका प्रमुख राजनीतिक दलका नेताहरुको साझा धारणा बन्नुपर्ने बताउनुभएको हो ।

उहाँले सत्तामा हुँदा राष्ट्रियता बिर्सेर विदेशीलाई खुशी पार्ने अनि प्रतिपक्ष भएपछि गाली र आलोचना गर्ने प्रवृत्ति रहेको भन्दै कुनैपनि विषयमा साझा राष्ट्रिय धारणाको आवश्यकता रहेको उल्लेख गर्नुभयो ।

अर्यालले परराष्ट्र नीति र वैदेशिक सम्बन्धका बारेमा राष्ट्रिय नीति आवश्यकता रहेको बताउनुभयो ।

उहाँले सत्तामा रहँदा एउटा र प्रतिपक्षमा रहँदा अर्को शैली अपनाउने हो भने नेपालको राष्ट्रियतालाई बलियो बनाउन नसकिने दाबी गर्नुभयो ।