२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


राष्ट्रियसभा बैठक १० मिनेटका लागि स्थगित


130
Shares

काठमाडौं । प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०७९ राष्ट्रिय सभामा टेबल गरिएको छ ।

शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा सभाका सचिव राजेन्द्र फुयाँलले सो विधेयक बैठकमा टेबल गर्नुभएको हो । अहिले राष्ट्रियसभा बैठक १० मिनेटका लागि स्थगित गरिएको छ ।

यसअघि सांसदहरूले राष्ट्र, राष्ट्रियता र जनसरोकारका विषयहरुमा गम्भिर हुन सरकार र राजनीतिक दलहरुको गम्भिर ध्यानाकर्षण गराउँदै आ–आफ्ना धारणा राखेका थिए ।