१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


देशभरकाे माैसमकाे अवस्था आज कस्ताे छ त ?


169
Shares

काठमाडाैं।हाल देशको प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेकाे छ। अन्यप्रदेशका भूभागका स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ।

आज (शनिबार) बिहान  प्रदेश-१, मधेश प्रदेश र बागमती प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रहेकाे छ। बाँकी प्रदेशका पहाडी भू-भगमा भने आंशिकदेखि सामान्य बदली हुनेछ। प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेशका केही  स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

शनिबार दिउँसो भने प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ।बाँकी भू-भागमा भने आंशिक बदली हुने भएकाे छ।साथै प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना भएकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

शनिबार राती भने प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी, लुम्बिनी प्रदेशमा सामान्य बदली रहनेछ। बाँकी भू-भागमा भने आंशिक बदली हुनेछ। त्यस्तै, प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको छ।

साथै प्रदेश-१ र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना भएकाे महाशाखाले जनाएकाे छ।