१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अमिताभ र शाहरुख लामो समयपछि एउटै पर्दामा काम गर्ने संकेत


442
Shares

एजेन्सी । भारतीय अभिनेता अमिताभ बच्चनले अर्का अभिनेता शाहरुख खानसँग लामो समयपछि एउटै पर्दामा काम गर्न लागेको संकेत गरेका छन् ।

बच्चनले सामाजिक सञ्जाल मार्फत यस्तो संकेत दिएका छन् । बच्चनले आफु सामाजिक सञ्जाल सर्मथक भएको कुरा धेरै पटक प्रमाणित गरिसकेका छन् । उनी इन्स्टाग्राम र ट्वीटरमा निकै सक्रिय रहन्छन् । लामो समयदेखि फिल्म ‘डन ३’ बन्न लागेको चर्चा चलेको थियो । सोही कुरालाई उनले सामाजिक सञ्जाल मार्फत फिल्म बन्न लागेको संकेत दिएका हुन् ।

अभिनेता बच्चनले इन्स्टाग्राममा एक तस्वीर सार्वजनिक गरेका छन् जसमा उनको पछाडि शाहरुख खान रहेका छन् भने उनले डन फिल्मको ओरिजिनल पोष्टरमा आटोग्राफ दिइरहेका छन् । अभिनेता बच्चनले सार्वजनिक गरेको यो तस्वीर भारतीय सिनेमाको १ सय बर्ष पूरा भएको समयको हो । त्यो समयमा अमिताभ बच्चन, दिलिप कुमार र शाहरुख खानले एक म्यागजिनको लागि एकै साथ फोटोशूट गराएका थिए । सोही समयमा शाहरुखले ‘डन’ फिल्मको पोष्टर दिएर अमिताभ बच्चनसँग अटोग्राफ मागेका थिए । उनले तुरुन्तै सोही पोष्टरमा शाहरुखको नाम लेखेर अटोग्राफ दिएका थिए ।

भारतीय सञ्चार माध्यमका अनुसार उक्त तस्वीरलाई अब सामाजिक सञ्जालमा सेयर गर्नु नै ‘डन ३’ बन्नुको संकेत हो । उनले सेयर गरेको उक्त तस्वीरबाट अमिताभ बच्चन र शाहरुख खान लामो समयपछि सँगै काम गर्न लागेको अनुमान गर्न सकीन्छ ।