१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पेट्रोलियम पदार्थमा एकै पटक अचाक्ली मूल्यवृद्धि

पेट्रोलमा प्रतिलिटर २१ तथा डिजेल र मट्टीतेलमा २७ रुपैया बढ्यो

1.963k
Shares

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा एकै पटक भारी मूल्य वृद्धि गरेको छ ।

आइतबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो ।

निगमले पेट्रोलमा प्रतिलिटर २१ रुपैंया तथा डिजेल र मट्टीतेलमा २७ रुपैंया बढाएको छ । अब पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १९९ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १ सय ९२ रुपैंया कायम भएको छ ।

यसैैगरी, हवाई इन्धनको मूल्य आन्तरिकतर्फ रु १९ ले वृद्धि गरी प्रतिलिटर १८५ रुपैंया तथा बाह्यतर्फ अमेरिकी डलर १०० ले वृद्धि गरी प्रतिकिलो लिटर १६ सय ४५ डलर कायम गरिएको छ ।

निगमले एलपी ग्यासको खुद्रा मूल्य भने हाललाई यथावत नै राखिएको जनाएको छ ।

मूल्यवृद्धि गर्दापनि निगमलाई घाटा हुने दावी पनि गरिएको छ ।