१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


ईमेजकर्मी शर्मा ‘विकास पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत


104
Shares

म्याग्दी । ईमेज टेलिभिजन र ईमेजखबर डटकमका म्याग्दी सम्वाददाता ध्रुवसागर शर्मा ‘विकास पत्रकारिता पुरस्कार’बाट पुरस्कृत हुनुभएको छ ।

जिल्ला समन्वय समिति म्याग्दीद्वारा सोमबार आयोजित स्वागत तथा बिदाइ एवं पत्रकारहरूलाई पुरस्कार वितरण कार्यक्रमको अवसरमा ईमेजकर्मी शर्मासहित पाँचजना क्रियाशील पत्रकारलाई विकास पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको हो ।

विकास पत्रकारिताबाट पुरस्कृत हुने पत्रकारहरू ईमेजकर्मी शर्मा, कान्तिपुर दैनिकका घनश्याम खड्का, नागरिक दैनिकका हरिकृष्ण गौतम, गोरखापत्र दैनिकका ठाकुरप्रसाद आचार्य र नयाँ पत्रिका दैनिकका कमल खत्री रहेका छन् ।

गण्डकी प्रदेश सांसद नरदेवी पुन, जिल्ला समन्वय समितिका नवनिर्वाचित प्रमुख राजकुमार थापा, निवर्तमान प्रमुख देवेन्द्रबहादुर केसी, जिल्ला समन्वय अधिकारी जानुका सुवेदीले पत्रकारहरुलाई प्रमाणपत्र, दोसल्ला र नगद रु १० हजारसहित सम्मान गरिएको थियो ।

‘विकास पत्रकारीता पुरस्कार’ आर्थिक वर्ष २०७३/०७४ मा खड्का, २०७४/०७५ मा शर्मा, २०७५/०७६ मा गौतम, ०७६/०७७ मा आचार्य र ०७७/०७८ मा खत्रीलाई प्रदान गरिने निर्णय पुरस्कार छनोट समितिले गरेको थियो ।

सोही कार्यक्रममा जिसस नवनिर्वाचित टिमलाई पदभार ग्रहण र निर्वतमान टिमलाई विदाई तथा सम्मान गरिएको थियो ।