
काठमाडौं । मनसुन सक्रिय हुन नपाई जनधनको क्षति सुरु भएको छ ।
गत जेठ २२ गते नेपालमा मनसुन भित्रिए यता देशका विभिन्न स्थानमा बाढी, पहिरो र वर्षाका कारण १३ जनाको मृत्यु भैसकेको छ । पहिरोले ४६ घर परिवार प्रभावित भएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा मनसुन पूर्ण रूपमा अझै सक्रिय भईसकेको छैन् ।
तर पूर्वका क्षेत्रहरुमा निरन्तर भैरहेको वर्षाका कारण सयौं घर डुवानमा परेका छन् । पूर्वतर्फको भू-भागमा भने मनसुन भित्रिएदेखि निरन्तर जसो वर्षा हुने क्रम जारी रहेकाे छ ।आइतबारदेखि मनसुनको अर्को बलियो प्रणाली पूर्वी भेगबाट नेपालका अन्य भेगमा प्रसार भइरहेको छ । त्यस्तै मनसुनी चट्याङ र सर्पदंशबाट पनि मृत्युका घटना बढ्दै छन् ।
राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मनसुन सुरु भएयता सर्पदंशबाट तीन जनाको मृत्यु भएको छ । पूर्व मनसुन र मनसुनको एकीकृत तथ्याङ्क अनुसार चट्याङ लागेर २७ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस्