२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


भारतमा बाढीको वितण्डा, एक हप्तामा ६३ जनाको मृत्यु


247
Shares

एजेन्सी । भारतको पूर्वोत्तर राज्य असम र मेघालयमा बाढी र पहिरोका कारण जनजीवन कष्टकर बनेको छ ।

बाढीपहिरोमा परेर पछिल्लो एक हप्तामा त्यहाँ झण्डै ६३ व्यक्तिको मृत्यु भएको छ । असमका कयौं ठाउँमा बाढीमा फसेका हजारौं व्यक्तिलाई बचाउन सेना बोलाइएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले असमका मुख्यमन्त्रीलाई फोन गरेर केन्द्र सरकारबाट हरसम्भव मद्दत गर्ने आश्वासन दिनुभएको छ । यो वर्ष असममा आएको यो दोस्रो बाढी हो ।

बाढीले गर्दा लाखौं घर डुवानमा पर्नुका ४७ लाखभन्दा धेरै व्यक्ति प्रभावित भएका छन् । कयौं इलाकामा सडक सम्पर्क टुटेको छ ।

बेघरबार भएका २ लाख ३१ हजार व्यक्तिलाई १४ सय २५ वटा राहत शिविरमा राखिएको छ । पछिल्लो हप्तादेखिको निरन्तर वर्षाले असमका साथै मेघालय, त्रिपुरा र अरुणाञ्चल प्रदेशमा पनि लाखौं व्यक्ति प्रभावित भएका छन् ।