१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


वायुसेवा संघको चेतावनीमाथि प्राधिकरणको चेतावनी


1.209k
Shares

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा कम्पनीहरुलाई हवाई उडान नरोक्न चेतावनी दिएको छ ।

असार १३ गतेदेखि वायुसेवा कम्पनीहरूले आफ्ना विमानको रात्रीकालिन विसान काठमाडौं बाहिरका विमानस्थलमा गर्नुपर्ने प्राधिकरणको निर्णयप्रति असहमति जनाउँदै उडान रोक्ने चेतावनीपछि प्राधिकरणले पनि पत्रकार सम्मेलन गरेर उडान नरोक्न चेतावनी दिएको हो ।

वायु सेवा सञ्चालक कम्पनीहरूले विमानस्थलको भार क्षमतामा ख्याल नगरेका कारण यात्रुहरू मारमा परेकाले रात्रीकालिन विसान परिवर्तन गर्नुपरेको प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिनुभयो ।

आन्तरिक तथा बाह्य उडानका क्रममा यात्रुहरूले भोग्नु परेको समस्यालाइ निराकरण गर्न यस्तो व्यवस्था गर्न लागेको प्राधिकरणको भनाइ छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अन्तराष्ट्रिय र आन्तरिक गरी १७ वटा विमानहरु राख्न पाउनेमा हाल ५१ वटा विमानहरू राख्दा विमानको चाप बढेको र उडानहरू प्रभावित हुने गरेको प्रवक्ता टेकनाथ सिटौलाले बताउनुभयो ।

प्राधिकरणले कुनै पनि कम्पनीलाई लक्षित नभई सवै वायुसेवा कम्पनीलाई यो नियम ल्याइएको भन्दै कार्यान्वयन हुने जनाएको छ ।

वायुसेवा संघले मंगलबार विहान पत्रकार सम्मेलन गर्दै बुधबारदेखि ने उडान स्थगित गर्ने चेतावनी दिएका थिए ।