
एजेन्सी । मेक्सिकोको इक्सटाप्लुकाको एक महिलाको गर्भमा एकैसाथ १३ सन्तान हुर्किदै छन् ।
यो आश्चर्य भएता पनि यो कुरा सत्य रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छन् । मारित्जा हर्नान्डेज मेन्डेजल नाम गरेकी ती महिलाले गर्भमा हुर्किदै गरेका १३ सन्तानलाई उनले एकैपटक जन्म दिने भएकी छन् । यस अघि मारित्जाले पहिलो पटक एउटा बच्चालाई जन्म दिइन् दोस्रो पटक जुम्लिया बच्चालाई जन्म दिएकी थिइन् भने तेस्रो पटक उनले एकैसाथ तीन बच्चालाई जन्म दिएकी थिइन् । मारित्जाको श्रीमानको नाम फायरम्यान एन्टोनियो सोरियानो हो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार त्यहाँका काउन्सिलर गेरार्डो ग्युरेरोले बालबच्चाको पालनपोषणको लागि सहयोगको अपिल गर्दै महिलाको गर्भमा १३ जना बच्चा हुर्किरहेको बताएका हुन् ।
बेलायती पत्रिका ‘द मिरर’ का अनुसार ग्युरेरोलो सबै मानिसहरूसँग सहयोगको अपिल गरिरहेका छन् । उनले भनेका छन्, ‘म तपाईहरू सबैसँग एकताको लागि आग्रह गर्दछु । सबैभन्दा पहिला एन्टोनियोलाई चिन्नुहोस र सहयोग गर्नुहोस् । ताकि उनीहरूले आफ्नो बालबच्चाहरूको पालनपोषण गर्न सकुन ।’
एन्टोनियो १४ वर्षदेखि फायर फाइटरको रुपमा काम गर्दै आएका छन् । उनले पाउने पारिश्रमिकले उनको १९ जना बालबालिकाको हेरचाहाका लागि पर्याप्त हुँदैन । स्वास्थ्य विज्ञहरूले एकैसाथ धेरै बच्चा जन्मिनु जोखिमपूर्ण भनेका छन् । मारित्जाको गर्भका रहेको १३ वटा सन्तान हालसम्म स्वस्थ रहेका छन् । एकैसाथ यति धेरै बच्चा गर्भमा रहनु विरलै भएको ग्युरेरोले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्