१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


रणवीर कपूर अभिनित फिल्म ‘शमशेर’ को टीजर सार्वजनिक


442
Shares

एजेन्सी । रणवीर कपूर अभिनित फिल्म ‘शमशेर’ को टीजर सार्वजनिक भएको छ ।

बुधबार सार्वजनिक टीजरमा रणवीर कपूर र सञ्जय दत्तको संक्षिप्त स्वरुप देख्न सकिन्छ । फिल्ममा रणवीर र सञ्जयको एक्सन दृश्य समावेश छ ।

फिल्ममा काजा नामक एक काल्पनिक शहरको कथा देखाइएकाे निर्देशक करण मलहोत्राले जानकारी दिए ।

फिल्ममा शमशेर आफ्नो जनजाति समुदायलाई अत्याचारबाट बचाउन र रक्षा गर्न फर्केका छन् । जहाँ शमशेरलाई कर्म र धर्मबाट मुक्त डाँकुको रूपमा देखाइएको छ । धर्मकाे भूमिका भने सञ्जय दत्तले निभाएका छन् ।

जुलाई २२ मा प्रदर्शन हुने फिल्ममा रणवीर कपूर, सञ्जय दत्त र वाणी कपूरको मुख्य भूमिका रहेको छ ।

फिल्मका कलाकारहरूले भारतका विभिन्न शहरहरूमा पुगेर फिल्मको प्रचारप्रसार गर्ने बताएका छन् । फिल्म ‘शमशेर’ लाई हिन्दी ,तमिल र तेलुगु गरी ३ वटा भाषामा प्रदर्शन गरिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।