१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


इन्धनको मूल्यवृद्धि घटाउने मन्त्री बडूको संकेत


3.692k
Shares

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पछिल्लो समय पेट्रोलियम पदार्थमा वृद्धि गरिएको मूल्य घटाउने संकेत गर्नुभएको छ ।

करका दरमा समायोजन गरेर भए पनि पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नुपर्ने विषय संसदमा उठेको र सरकारको ध्यानाकर्षण भएको उल्लेख गर्दै मन्त्री बडूले सरकार सोही अनुसार अघि बढ्नसक्ने बताउनुभयो ।

बिहीबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले विद्युत्को खपत बढाएर पनि यसको मूल्यलाई सहज बनाउन सकिने योजनामा सरकार रहेको बताउनुभयो ।

मन्त्री बडूले विद्युत् खपत बढाएर पेट्रोलियम पदार्थको निर्भरता घटाउने कामलाई सरकारले प्राथमिकताका साथ अघि बढाएको दाबी गर्नुभयो ।