७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


आफ्नै हजुरआमाको हत्या अभियोगमा युवक पक्राउ

मतदानका लागि खोटाङ जाँदै गर्दा हत्या भएको प्रहरीको दाबी

3.016k
Shares

काठमाडौं । आफ्नै हजुर आमाको हत्याको आरोपमा खोटाङ प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

७७ वर्षीया हजुरआमा तुलसा खड्कालाई हत्या गरी गाडेर फरार भएका खोटाङ घर भइ झापा गौरादह–३ बस्ने २९ वर्षीय नीरबहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।

खड्कालाई झापाको मेचीनगर नगरपालिका–६ काकडभिट्टास्थित भारतीय सीमा क्षेत्रमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको खोटाङका प्रहरी नायव उपरीक्षक उमेश लम्सालले बताउनुभयो ।

तुलसा सुनसरीको इटहरी उपमहानगरपालिका–१६ बालग्राम चोक डेरा गरि बस्दै आएकी थिइन् ।

बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा भोट हाल्न इटहरीबाट खोटाङको चिसापानी ल्याउँदै गर्दा खोटाङकै बाह्रपोखरी गाउँपालिका–५ पानीटारस्थित दुधकोशी नदीको बगरमा हत्या गरि खाल्डोमा पुरेर नीरबहादुर फरार भएको प्रहरीले जनाएको छ ।

हत्याको कारण भने खुल्न बाँकी छ । पक्राउ परेका खड्कामाथि फौजदारी संहिता २०७४ अनुसार कर्तव्य ज्यानमा म्याद लिएर अनुसन्धान भइरहेको प्रमुख लम्सालले जानकारी दिनुभयो ।