६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


कतार विश्वकपमा सहभागि हुने टोलीले २६ खेलाडी राख्न पाउने


481
Shares

काठमाडौं । कतारमा हुने विश्वकप फुटबलमा सहभागि हुने टोली ले २६ खेलाडी राख्न पाउने भएका छन् ।

फिफाले कतार विश्वकपमा सहभागि हने टोलीमा खेलाडीको संख्या बढाएर २६ पुर्‍याएको हो ।

यसअघि फुटबल टोलीमा २३ खेलाडी समावेश गर्न पाइन्थ्यो । ती मध्ये १८ जनाको सूची हरेक खेल पूर्व बुझाउनुपर्ने हुन्थ्यो । अब भने सहभागि सबै २६ खेलाडीलाई हरेक खेलको लागि राख्न पाइने भएको छ ।

यसको अर्थ सुरुवाती एघारमा नपर्ने सबै १५ खेलाडीहरु सब्स्टीच्युट खेलाडीको रुपमा उपलब्ध हुनेछन् ।

कतार विश्वकप फुटबल यही नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म कतारको दोहामा आयोजना हुँदैछ ।