२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक आज बस्दै


52
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक आज (शुक्रबार) बस्ने भएकाे छ ।

तीनकुनेस्थित पार्टी कार्यालयमा शुक्रबार बिहान ११ बजे बस्ने बैठकमा केन्द्रीय कमिटीमा पेश गरिने एजेण्डाहरुमाथि छलफल हुनेछ । बैठकले सरकारमा सहभागी मन्त्री हेरफरको विषयमा पनि केही छलफल गर्ने अपेक्षा गरिएको छ । पार्टीले फिर्ता बोलाएका चार जना मन्त्रीहरु सरकारबाट बाहिरिन नमानेपछि एकीकृत समाजवादीमा अन्तरकलह चुलिएको छ ।

एकिकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक भने शनिबार बस्ने भएकाे छ । यहि असार १३ र १४ गते केन्द्रीय परिषदको बैठक बाेलाइएकाे छ ।