
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले पेट्रोलियम पदार्थको मूल्य घटाइएको जानकारी दिनुभयो ।
पेट्रोलियम पदार्थको मूल्यका विषयमा सरकारको धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा आज (शनिबार) उहाँले पेट्रोलमा २० रुपैयाँ र डिजेल, मट्टितेलमा २८ रुपैयाँ घटाइएको बताउनुभयो ।
सरकारले मूल्य घटाएसँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७९ र डिजेल, मट्टितेलको मूल्य प्रतिलिटर १ सय ६३ कायम भएको छ । अहिले पेट्रोलको मूल्य १ सय ९९ रुपैयाँ रहेको छ ।
त्यस्तै डिजेल र मट्टीतेलको मूल्य हाल १९२ रुपैयाँ रहेको छ । नयाँ कायम भएको मूल्य आजै राति १२ बजेदेखि लागू हुने बताइएको छ ।
यसअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले पेट्रोलियम पदार्थको मूल्य भारी मात्रामा कटौती गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्