
पोखरा । पोखरामा आज ‘प्राइड परेड’ आयोजना गरिएको छ ।
‘नेपाल गौरव यात्रा’ नाम दिइएको परेड पोखराको हल्लनचोक बाट शुरु भई शहित चोकमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।
हरेक वर्षको जुन महिनामा ‘गौरव यात्रा’ आयोजना गरिए पनि पोखरामा भने पहिलो पटक आयोजना भएको बिनेस गहतराजले बताउनुभयो ।
सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेष्ताका व्यक्तिहरू आजको गौरव यात्रामा सहभागी भएका थिए ।
यौनिक तथा अल्पसंख्यक समुदायका लागि आफ्नो पहिचान देखाउने र प्राप्त उपलब्धिप्रति गर्व गर्ने महिनाका रूपमा ‘प्राइड मन्थ’ आयोजना गरिन्छ। यो महिना विश्वका विभिन्न देशमा प्राइड परेड आयोजना गर्ने गरिन्छ ।
उपस्थित व्यक्तिहरूले त्यहाँ कविता वाचन गर्नुका साथै, कथा, गीत र नृत्य समेत प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्