
Web Pic
काठमाडौं । काठमाडौंको रबिभवनमा शनिबार बेलुका भएको सवारी दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मकवानपुरको थाहा नगरपालिका ७ का ३१ वर्षीय राजु दुतराज रहेका छन् ।
कालीमाटीबाट कलंकीतर्फ जाँदै गरेको बा ४ ख ४१४१ नम्बरको बसमा सोही दिशाबाट जाँदै गरेको बाग्मती प्रदेश–०२–०३० प ६५६२ नम्बरको मोटरसाइकल ठोक्किएर अनियन्त्रित भई विपरित दिशाबाट आउँदै गरेको बा ५ ख ४२७२ नम्बरको अर्को बसमा पुनः ठोक्किँदा उनको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक दुतराजको उपचारका क्रममा शहिद मेमोरियल अस्पताल कलंकीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न दुबै बसका चालकलाई प्रहरी बृत्त कालिमाटीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्