१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अपर अरुण आयोजनामा चलखेलको गन्ध आएको एमाले नेता गौतमकाे दावी


936
Shares

काठमाडौं ।  नेकपा एमालेका नेता राजेन्द्र गौतमले संखुवासभास्थित अपर अरुण आयोजनामा चलखेलको गन्ध आएको बताउनुभएको छ ।

आईतबार संसदमा अपर अरुण जलविद्युत आयोजनाको विषयमा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । पछिल्लो समय यो आयोजना ब्यापारि र विदेशीलाई सुम्पने त हैन भन्ने जनतामा ठूलो त्रास फैलिएको पनि बताउनुभयो ।

अपर अरुणको सयर गर्ने क्रममा दिनकै पाँच वटा भन्दा बढी हेलिकाेप्टर लिएर अर्थमन्त्री जर्नादन शर्माको नेतृत्वमा हवाई र स्थलगत निरीक्षणको प्रकृयाले विवाद उत्पन्न गराउने र अपर अरुण बेच्न र देशका सम्पूर्ण नदिनाला भारतलाई सुम्पने खेल त भई रहेको छैन भन्ने जनतामा ठूलो त्रास फैलिएको उहाँको तर्क छ ।

संखुवासभास्थित अरुण तेस्रो आयोजना ल्याउने र नल्याउनेहरुकोबीचको मतान्तरले जसरी २५ वर्षसम्म संखुवासभामात्र हैन, देश नै पछाडि परेकाे उहाँले बताउनुभएकाे छ ।

त्यसैले यसको पनि अरुण तेस्रोको जस्तै नियति हुने त हैन भन्ने प्रश्न समेत उहाँले गर्नुभयो । उहाँले अपर अरुण जलविद्युतको निर्माण र बिकासमा संखुवासभाली र नेपाली जनताको सहभागिता, स्वामित्व र अपनत्व कायम हुने गरी आन्तरिक पूँजीबजारको माध्यमबाट निर्माण गर्न जोडदार माग पनि गर्नुभयो ।

उहाँले प्रत्येक जिल्लाबासीलाई, प्रदेश–१ र नेपाली नागरिकको लगानीमा आयोजना बनाउनु पर्ने बताउनुभयो । उहाँले यसलाई व्यापारिको हातमा सुम्पने, व्यापारिकरण गर्ने, चलखेल भएको भन्दै आर्थिक रुपले विपन्न जनताले शेयर हाल्ने बातावरण बनाउनु र शेयरमा समानुपातिक वितरण गर्न पनि माग गर्नुभयो ।

जलविद्युत विकासमा शेयर लगानी गर्न सरकारले बाटो खोलिदिनु पर्ने उहाँको माग छ । अपर अरुण आयोजना नेपालको पानी जनताकोलागनी अर्थात जनताको जलविद्युत कार्यक्रम अन्र्तगत बन्नुपर्नेमा उहाँले जोड दिनुभयो । सरकारले यो आयोजना कुन मोडालिटीमा बनाउन चाहेको छ भन्दै उहाँले प्रश्न समेत गर्नुभएकाे छ । उहाँले हालको अवस्था के छ र यथार्थ जानकारी दिन पनि सरकारसँग माग गर्नुभयो ।

उहँले परम्परागत उर्जाको स्रोतलाई स्वच्छ किफायती तथा आधुनकी उर्जाले प्रतिस्थापन गर्नु, उर्जा सुरक्षा तथा उर्जा दक्षताका लागि मिश्रित उर्जा प्रणालीको नीति अवलम्बन गर्नु, उर्जाको पहुँच नपुगेका वास्तविक लक्षित वर्ग र क्षेत्रमा पुहुँच पुर्याउनुपर्ने पनि बताउनुभयो ।

उहाँले नेपालको पानी जनताको लगानी भन्ने सरकारको अभियानलाई स्थानीय स्तरमा निर्माण हुने ठूला जलविद्युत आयोजनामा जनताको लगानी सुनिश्चित गरिनुपर्ने बतउनुभयो ।

जनतालाई नै मालिक बनाउने जनसहभागितामा आधारित लगानी अभिवृद्धि गर्न स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकारको संयुक्त लगानी नीति अख्तियार गर्न पनि उहाँले माग गर्नुभयो । स्थानीय र गरीबिको रेखामुनि रहेका परिवारलाई विद्युतको उपयोगमा सहुलयत दिनुपर्ने उहाँको धारणा रहेकाे छ । घर–घरमा बिुजुली र जन-जनमा शेयरको नीति अवलम्बन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

जनता र सरकारको संयुक्त लगानी अभिवृद्धि र प्रवद्धन गर्न स्वदेश तथा प्रवासमा रहेका नेपाली नागरिक तथा गैर-आवसीय नेपाली नागरिकलाई ४९ प्रतिशत शेयर खरिद गर्न पाउनुपर्ने व्यवस्था मिलाउन पनि उहाँले माग गर्नुभएकाे छ ।