
काठमाडौं । दाङस्थित नेपाल–भारत सीमावर्ती क्षेत्रमा दुई नेपाली युवतीमाथि सामूहिक बलात्कार भएको छ ।
आइतबार बिहान करिब ११ बजे भारतको मनिपुर बजार गएका राजपुर गाउँपालिकाका दुई जना युवती भारतीय युवकहरूबाट बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
नेपालबाट भारतको मनिपुर बजारमा जाने क्रममा सीमावर्ती क्षेत्रको दक्षिणतर्फको जंगलमा भारतीय युवाको समूहले उनीहरुलाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभएको हो । ६ जना युवती भारतीय बजार जाँदै गरेकामा दुई जना बलात्कृत भएको र चार जनालाई भारतीय युवकले धम्काउँदै सरसामान लुटेको प्रहरीले जनाएको छ ।
घटनाका विषयमा भारतीय प्रहरीले हेरिरहेको पनि डीएसपी रिजालले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्