
फाइल तस्विर
काठमाडौं । वर्षासँगै लेदो झरेर अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ ।
सोमबार बिहान २ बजे भरतपुर २९ खहरेखोलामा सडक माथिबाट लेदो झरेपछि सडक दुईतर्फी अवरुद्ध भएको थियो ।
लेदो हटाएर आज बिहान ५ बजेदेखि दुइतर्फी सञ्चालन गरिएको सडकमा पुन ६ बजे लेदो झरेपछि एकतर्फी भएको थियो । अहिले पुनः लेदो हटाएर सडक दुईतर्फी सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
वर्षायाम सुरु भएसँगै नारायणगढ–मुग्लिन सडक खण्डमा हरेक दिन जसो पहिरो आईरहने गर्दछ ।
प्रतिक्रिया दिनुहोस्