
काठमाडौं । श्रीलंकामा इन्धनको हाहाकार भएकाे छ ।
आर्थिक संकटमा फसेको श्रीलंकाले अत्यावश्यक सेवा क्षेत्रबाहेक अरुलाई इन्धन बिक्री बन्द गरेको हाे । आगामी जुलाई १० सम्म अत्यावश्यक सेवाबाहेक अन्य क्षेत्रका लागि इन्धन दिन रोक लगाइएको हो । सोमबार रातिदेखि स्वास्थ्य, कानून व्यवस्था, ढुवानी, विमानस्थल, खाद्यान्न र कृषि सेवाले मात्र इन्धन पाउने नियम लागू गरिएको हो ।सरकारका प्रवक्ता बन्दुला गुणवर्धनाले अत्यावश्यक सेवा बाहेक अरू कसैले इन्धन नपाउने व्यवस्था लागू गरिएको बताउनुभएकाे हाे ।
विदेशी मुद्राको अभावमा श्रीलंकाले इन्धन खरिद गर्न सकेको छैन् भने मौज्दात रहेको इन्धन बचाउनका लागि कठोर नीति लिइएको सरकारको भनाइ छ । कार्यालय पुग्न नसक्ने सरकारी कर्मचारीलाई घरबाटै काम गर्न भनिएको छ भने निजी क्षेत्रलाई पनि सोही नियम लागू गर्न भनिएको छ । यो अवधिभर स्कुल र कलेजहरु पनि बन्द हुने भएका छन् ।
सन् १९४८ मा बेलायती साम्राज्यबाट मुक्त भएपछि श्रीलंकाले सबै भन्दा कठिन अवस्थाको सामना गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्