१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ललितपुरमा अन्तर्राष्ट्रिय चट्याङ सुरक्षा दिवस मनाइयो


91
Shares

काठमाडौं । ललितपुरमा अन्तर्राष्ट्रिय चट्याङ सुरक्षा दिवस मनाइएको छ ।

हरेक वर्ष २८ जुनमा मनाइने दिवसको अवसरमा ललितपुर महानगरपालिका वडा नम्बर ७ ले चट्याङ सुरक्षा दिवस २०७९ जनचेतना कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रममा चट्याङ के हो र त्यसबाट कसरी बच्ने भन्ने बारेमा चट्याङ विज्ञ डाक्टर श्रीराम शर्माले बताउनुभयो । उहाँले सचेतना नै चट्याङबाट हुने क्षतिबाट बच्ने मुख्य उपाय भएको बताउनुभयो ।

वैशाख यता नेपालमा हालसम्म चट्याङबाट २८ जनाको मृत्यु, १०५ जना घाइते भएका देखाएको छ भने चट्याङ पर्ने देशहरु मध्य नेपाल चौथो नम्बरमा रहेको विज्ञहरूको भनाइ छ ।

आगामी दिनमा ललितपुर महानगरपालिकाले चट्याङबाट हुने क्षति र यसबाट बच्ने उपायबारे जनचेतना मुलक कार्यक्रम विभिन्न समुदायमा गर्ने लक्ष रहेको ललितपुर महानगरपालिका विपद व्यवस्थापन समितिका सयोजक नारायणलाल अवालेले जानकारी दिनुभयो ।

नेपालमा चट्याङका कारण हरेक वर्ष १ सय भन्दा धेरै मानिसले ज्यान गुमाउँदै आएका छन् ।