
फाइल तस्वीर
काठमाडौं । उपत्यका प्रहरी कार्यालय ललितपुरको टोलीले पेस्तोल सहित एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–८ लुभु बस्ने श्यामकृष्ण श्रेष्ठ रहेका छन ।
ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोल पीपलबोटबाट एक थान पेस्तोल र त्यसमा प्रयोग हुने दुई राउन्ड गोलीसहित श्रेष्ठलाई पक्राउ गरेको उपत्यका प्रहरी कार्यालय ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक सिद्धिबिक्रम शाहले बताउनुभयो ।
स्थानीयले दिएको सूचनाको आधारमा प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरीले पार्किङ गरी राखेको प्रदेश ३–०२–०१५ प ६५४१ नम्बरको स्कुटर जाँच गर्ने क्रममा डिकीभित्र लुकाएर राखेको उक्त हातहतियार फेला पारेको हो ।
पक्राउ परेका श्रेष्ठमाथि हातहतियारअन्तर्गत मुद्दामा म्याद लिइ अनुसन्धान थालिएको छ ।
प्रतिक्रिया दिनुहोस्