६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


विम्बल्डन टेनिसमा राफायल नाडालको विजयी सुरुवात


39
Shares

काठमाडौं । स्पेनिस टेनिस खेलाडी राफायल नाडालले विम्बल्डन टेनिसमा विजयी सुरुवात गरेका छन् ।

मंगलबार राति भएको खेलमा नाडालले अर्जेन्टिनाका फ्रान्सिस्को सेरुन्डोलोलाई ६–४, ६–३, ३–६ र ६–४ को सेटमा हराएर सुखद सुरुआत गरेका हुन् ।

सर्वाधिक २२ पटक ग्राण्डस्लाम जित्ने कीर्तिमान बनाएका नाडाल अब २३ औं उपाधिको खोजीमा छन् । दोस्रो चरणमा नाडालको भिडन्त लिथुआनियाका रिकार्डससँग हुनेछ । ३६ वर्षीय नाडालले दुई पटक विम्बल्डनको उपाधि जितेका छन् ।